Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाम- २ मा सुहाङको अग्रता कायमै, ८,५५७ मतले खड्का पछाडि


    सोमबार, बैशाख १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

    प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १८ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२३३९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८५५७ मतले अगाडी रहेका छन् ।

    त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९३३६ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३०६७ मत प्राप्त गरेका छन् ।

    इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार