Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • इलाममा तीन स्थानबाट मतगणनाको तयारी


    सोमबार, बैशाख १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम  । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।

    सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना बाँकी छ।

    तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार