Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका सुहाङ नेम्वाङ ३४५ मतले अगाडि, पछि परे खड्का


    आइतबार, बैशाख १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । इलाम–२ को मतगणनाको पछिल्लो अपडेटमा नेकपा(एमाले)ले अग्रता लिएको छ । सुरुमा कांग्रेस उम्मेदवार डम्बर खड्का अगाडि रहे पनि पछिल्लो मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ सय ४५ मतले अग्रता लिएका छन् ।

    निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिकाका ४ वटा वडाको मतगणना सकिंदा ३ सय ४५ मतले पछि परेका हुन् ।

    फाकफोकथुम गाउँपालिकाका १,२,३ र ४ गणना सकिंदा एमालेका नेम्वाङले २५४२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका डम्बर खड्काले २१९७ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी स्वतन्त्र उम्मेदवार डकिन्द्रसिंह थेगिम लिम्बुले ५९३ र रास्वपाका मिलन लिम्बुले घन्टी ३७९ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार