सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ।
स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन्। प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहहरनाथ योगी आफै घटनास्थलमा पुगेर फर्किएका छन्। मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ।
सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए। `घटना शंकास्पद छ, एसपी साप आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ,´ श्रेष्ठले भने, `शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सुक्ष्म अनुसन्धानमा लागेका छौँ ।´
एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागेका छन् । न्युज कारखाना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend