Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार


    बुधबार, बैशाख १२ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

    अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

    दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार