Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिउँसै बादल लागेपछि बढ्यो चिसो


    शुक्रबार, मंसिर ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । बुधबार र बिहीबार बिहान तथा बेलुका मात्रै चिसो भए पनि शुक्रबार दिउँसोको समयमा नै चिसो बढेको छ ।

    मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोको समयमा बादल लागेका कारण उपत्यकाको अधिकतम तापक्रम घटेको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस छ । हिजो र अस्ति भने १९ डिग्री सेल्सियस थियो ।

    काठमाडौंको शुक्रबारकाे न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस थियो । बादल लागे पनि ठूलो प्रणाली नभएकाले तत्काल पानी नपर्ने मौसमविद् अर्यालले बताएका छन् ।

    अहिले देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । सोहीकारण पनि धेरै ठाउँमा चिसो बढेको मौसमविद्ले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार