काठमाडौँ । भारतीय कम्पनी एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।
मन्त्रालयले सिङ्गापुर र हङकङमा रहेका भारतीय दूतावासलाई पनि यस विषयमा विस्तृत प्रतिवेदन पठाउन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मन्त्रालयले एमडीएच र एभरेष्टसँग पनि विवरण मागेको छ ।
वाणिज्य मन्त्रालयले भनेको छ- ‘दुवै कम्पनीका उत्पादन अस्वीकृत हुनुको कारण पत्ता लगाइने छ र त्यसलाई सच्याउन के गर्नुपर्दा निर्यातकर्ताको चासो र चासोका विषयमा पनि विचार गरिनेछ ।’
यसअघि सिंगापुर र हङकङले दुवै मसलामा क्यान्सर रोगको तत्व भेटिएको भन्दै प्रतिबन्ध लगाएका थिए ।
हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ । यससँगै यसको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । त्यस्तै सिंगापुरमा पनि एभरेष्टको फिश करी मसाला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।
सिंगापुरले एभरेष्टको फिश करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ । सिंगापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको माछा करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend