Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करीको १० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा


    सोमबार, बैशाख १० २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

    भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार