Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • एआइजीको दरबन्दी थपः गृहमन्त्री असन्तुष्ट


    शुक्रबार, मंसिर ५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदले नेपाल प्रहरीमा एआइजीको १ दरबन्दी थप गरेको कुरा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवले नै मिडियाबाट थाहा पाएका छन् । ५ डीआइजीको दरबन्दी थप गर्ने प्रस्ताव केही महिनाअघि नै गृहमन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । तर मन्त्रिपरिषदको प्रशासन समितिले ५ डीआइजी थपको प्रस्तावमा एक एआइजीको दरबन्दी समेत थपेर मन्त्रिपरिषदबाट सुटुक्क पास गरिएको छ । जसका बारेमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सचिव महेश्वर न्यौपाने र आइजीपी शैलेश थापा क्षेत्रीले बिहीबार बेलुका समाचार सार्वजनिाक भएपछिमात्र थाहा पाए ।

    विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल मन्त्रिपरिषदको प्रशासन समितिका अध्यक्ष हुन् । उनले नै सुटुक्क आफ्ना बन्धु डीआइजी विश्वराज पोखरेललाई एआइजी बनाउने र भावी आइजीपी पद सुरक्षित गर्नेगरी दरबन्दी थप गरी मन्त्रिपरिषदबाट पास गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा अप्ठेरोमा परेको बेला उनले एआइजीको दरबन्दी थप गरी मन्त्रिपरिषदबाट पास गराउन सफल भएका छन् । पार्टीभित्र सचिवालयमा अल्पमतमा परेका ओलीका लागि इश्वर पोखरेल एकमात्र सहारा भएकाले उनले उनले ल्याएको प्रस्तावअनुसार १ एआइजीको दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदबाट पास गराएका छन् ।

    गृहमन्त्री थापाले सार्वजनिक रुपमा केही नबोले पनि उनी असन्तुष्ट रहेको गृहमन्त्रालयको उच्च स्रोतको भनाइ छ । डीआइजी विश्वराज पोखरेललाई इश्वर पोखरेलकै कृपाले आफ्नो समूहमा कनिष्ट एसएसपी भए पनि जम्प गराएर डीआइजी बढुवा गरिएको थियो । जबकि उनी ओली अघिको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र थिए । नेकपाका सांसद तथा बरिष्ठ भएर पनि आइजीपी बढुवा नगरी अन्यायमा परेका नवराज सिलवाललाई कीर्ते काण्डमा फसाउन काठमाडौं परिसरमा लगिएका थिए ।

    रविन्द्रबहादुर धानुकले सिलवाललाई फसाउन नमानेपछि उनलाई तानी पोखरेललाई लगी मुद्दा चलाउन खोजिएको थियो । सरकारी वकिलले मुद्दा चलाउन नमानेपछि सिलवाल जोगिएका थिए । तर तिनै पोखरेललाई एऋाइजी बढुवा गर्नका लागि इश्वर पोखरेलले दरबन्दी थपेका छन् । र, १८ महिनापछिको आइजीपी बनाउने योजनामा अहिले नै एक एआइजीको दरबन्दी थप गरिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार