नयाँदिल्ली । योग गुरु रामदेवका लागि पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन ।
अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन् । सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जली योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा ‘सेवाकर’ तिर्नुपर्ने भएको छ ।
सर्वोच्च अदालतमा अप्रिल १९ मा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र न्यायाधीश उज्ज्वल भुइँयाको इजलासले भन्सार, अन्तःशुल्क, सेवा कर पुनरावेदन न्यायाधिकरण (सेस्टाट) को फैसला सदर गरेको थियो । पीटीआई रिपोर्टका अनुसार ट्राइब्युनलले पतञ्जली योगपीठ ट्रस्टलाई आवासीय र गैर आवासीय योग शिविरहरू आयोजना गर्न सेवा कर तिर्न आवश्यक रहेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
सो विरुद्ध पतञ्जलीले सर्वोच्च अदालतमा याचिका दायर गरेको थियो । पतञ्जली योगपीठ ट्रस्टले स्वामी रामदेवको योग शिविरमा सहभागी हुन प्रवेश शुल्क लिने गरेको छ । न्यायाधीश ओक र न्यायाधीश भुइँयाको इजलासले आफ्नो फैसलामा सेस्टाटको निर्णय सही भएको र भन्यो, ‘शिविरमा प्रवेश शुल्क लिएर गरिने सेवा होइन, याे ‘ब्यापार’ हाे । न्यायाधिकरणको आदेशमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण देख्दैनौं। त्यसैले पतञ्जलि योगपीठ ट्रस्टको अपील खारेज हुन्छ ।’
रामदेवकाे ट्रस्ट धेरै आवासीय र गैरआवासीय शिविरहरूमा योग तालिम प्रदान गर्न संलग्न छ। तर, उसले त्यससका लागि सहभागीबाट चन्दा स्वरूप शुल्क लिइएको जनाउँदै आएको थियो । उसको तर्क थियो, यो रकम चन्दाको रुपमा संकलन गरिएको हो । तर, सेस्टाटले. वास्तवमा यो विभिन्न सेवाहरूको लागि लिएको शुल्क हो, चन्दा भने होइन् भन्ने तर्क गरेकाे थियाे ।
तर, रामदेवकाे ट्रस्टले सेस्टाटका अगाडि तर्क गरेको थियो कि ‘स्वास्थ्य र फिटनेस सेवाहरू’ कर योग्य छैन किनभने याे कार्य चिकित्सा उपचारका लागि होइन, शारीरिक तन्दुरुस्तीका लागि विस्तार गरिएकाे हाे । शिविरमा सहभागीहरुबाट जे पाएको छ, त्यो स्वेच्छिक चन्दा भएको ट्रष्टले जनाएको छ ।
ट्रस्टको यस तर्कमा सेस्टाटले यो रकम स्वास्थ्य र फिटनेस सेवा अन्तर्गत करबाट बच्ने प्रावधानबाहेक केही नभएको स्पष्ट पारेको छ । ट्रस्टको अपील अस्वीकार गर्दै उसले वित्त ऐन १९९४ मा ‘स्वास्थ्य र फिटनेस सेवा’ को परिभाषा व्याख्या गरेको थियो । जस अनुसार स्वास्थ्य तथा तन्दुरुस्ती सेवामा स्लीपिङ, टर्किस एण्ड स्टीम बाथ, सोलारियम, स्पा, स्लिमिङ सैलुन, जिम, योगा, मेडिटेशन, मसाजलाई समावेश गरिएको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend