Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते


    शनिबार, बैशाख ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनकुटा ।  धनकुटामा गएराती माइक्रोबस दुर्घटना भएको छ ।

    काठमाडौंबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो बस राति २स्१५ बजेतिर धनकुटा नगरपालिका ९ मूलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी १९ जना घाइते भएका  छन् । उनीहरु सबैको उद्दार गरी  ९ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  ।

    घाइतेमध्ये केहीको उपचारपछि डिस्चार्ज भइसकेको मूलघाट प्रहरी चौकीले जनाएको छ ।

    अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार