Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्ततः सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार


    बिहिबार, बैशाख ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ ।

    यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

    एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा सोडारी रहेका थिए ।

    सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरी २८ सांसदको समर्थनमा सरकार दाबी गर्दैछन् ।

    प्रदेश प्रमुखले सरकार दाबी गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिंदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार