Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पेट्रोलियम पदार्थमा मूल्यबृद्धि, प्रतिलिटर ३ रुपैयाँ बढ्यो


    सोमबार, बैशाख ३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको हो ।

    पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बृद्धि भएको छ ।

    इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले बृद्धि गरेको निगमले जनाएको छ ।

    निगमको विज्ञप्ति अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १ सय ६१ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार