Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भियतनामः १२.४६ बिलियन डलर ठगी गर्ने महिलालाइ मृत्युदण्डको सँजाय


    बिहिबार, चैत्र २९ २०८०
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • हनोइ । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टी भएको छ ।

    भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको पुष्टी गरेको हो ।

    सो मुद्दामा दोषी देखिए पछि उनको सो भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको छ । यो सिंगो भियतनामको इतिहासको सबैभन्दा ठूलो ठगीको रूपमा हेरिएको छ ।

    उनको मुद्दाको सो ट्रायल मार्च ५ वाट सुरु भएको थियो भने योजना भन्दा पहिले समाप्त भएको छ । भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो, जुन सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि निर्मुल गर्ने बाचा गरेका थिए ।

    रियल इस्टेट विकासकर्ता भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी अध्यक्ष लानलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएको राज्य नियन्त्रित मिडियाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार