काठमाडौँ । भारतको नैनीताल नजिकैको बेतालघाट क्षेत्रको एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुले मल्लगाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।
प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।
उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । न्यूज कारखाना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend