Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?


    सोमबार, चैत्र २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

    अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो । साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ ।

    सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ ।

    यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार