काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आइतबार बेलुकी आयोजित विशेष शोमा फिल्म ‘महाजात्रा’ हेरेपछि भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै प्रसंशा गरेका छन् । चुनावी कार्यक्रममा इलाममा व्यस्त नेता खनाल काठमाडौँ आइपुग्ने वितिकै फिल्म हेर्न सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाजमा पुगेका थिए ।
‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टचार, तस्करी देखिएको छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रितिएका छन् । यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ’, नेता खनालले भने,‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन्, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’
उनले फिल्म हेरिरहदा भरपुर मनोरञ्जनसँगै संदेश समेत ग्रहण गर्न पाएको बताए । ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ, पर्दामा देखिने पात्र जीवन्त छन् । म यो फिल्मलाई दश नम्बरमा ९.९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ’, नेता खनालले भने ।
उनले फिल्म हेरिसकेपछि निर्माण पक्षसँगै कलाकारलाई भेटेर बधाई दिदै आगामी दिनमा समेत यस्तै फिल्म ल्याउन आग्रह गरे । नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराईली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए ।
कमेडियन सन्दीप क्षेत्रीले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्क हुँदै अगाडि बढेको भन्दै प्रसंशा गरे । ‘यो फिल्ममा के छैन ? यहि कारण प्राय घरका परिवारलाई सिनेमा हलमा भेटिरहेका छौँ’, उनले भने ।
निर्देशक तुलसी घिमिरेले हसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रसंशा गरे । ‘यो फिल्म भन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ’, निर्देशक घिमिरेले भने ।
अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न निअकी कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सरप्राइज रहेको बताइन ।
अभिनेत्री अञ्जना बराईलीले षट्कोण आर्ट्सको फिल्ममा हुने अपेक्षा पुरा भएको बताइन । ‘यो समूहले गर्ने कामलाई ढुक्क भएर विश्वास गर्ने निराश भएका छैनन्, यसपटक झनै सशक्त भएर फिल्म बनेको छ । मैले यो फिल्मलाई रेटिङनै गर्न सक्दिन । स–परिवार आएर हेर्नुस्’, अभिनेत्री बराईलीले भनिन् ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा आपत्तकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको फिल्मलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शक र राजनीतिज्ञले संदेश ग्रहण गरेको विषयलाई टिमको सफलताको रुपमा चित्रण गरे ।
‘हामीले उठाएको आवाज र व्यक्त गरेको भावना सबैले बुझ्नु भएको छ । तेस्रो सातामा गरिरहेको व्यापार र हल भ्रमण पाइरहेको प्रतिकियालाई शब्दमा व्यक्त गर्न सकिदैन’, अभिनेता बानियाँले भने । उनले सोमबार घोडेजात्रामा दिनभर विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार नेपालमा एघार करोड बढीको व्यापार गरिसकेको छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend