काठमाडौँ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ ।
यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ शो भएको हो । अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ । यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिवारसम्म तोड्ने डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले जनाएको छ ।
सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार ‘जात्रै जात्रा’ को रेकर्ड हाउसफुल हुँदै तोडेको बताए । ‘हाम्रो फिल्मले बनाएको अघिल्लो रेकर्ड सबै आजदेखि तोडेको छ । महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ’, प्रदर्शक भट्टराईले भने । डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिटै सम्पूर्ण देशको शो सङ्ख्या र व्यापारको विषयमा जानकारी गराउने बताए । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा चौथो सातामा पनि उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गरिरहेको छ ।
फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend