Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ- डा. शशांक कोइराला


    आइतबार, चैत्र २५ २०८०
    915
    Shares
    नेता कोइराला भरतपुर,३१ भदौ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला आइतबार बिहान भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै । तस्विरः कृष्ण आचार्य,रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफुले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताएका हुन् ।

    उनले भने- ‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’

    यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताएका छन् । उनले भने- ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बिच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’

    कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार