Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पतालबाट बच्चा चोर्ने भारतीय गिरोह पक्राउ, तीन नवजात शिशुको उद्दार


    शनिबार, चैत्र २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । भारतकाे केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)  ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ ।

    अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो । यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो ।

    तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ दिनको छ । एउटी छोरी करिब एक महिनाकी छिन् । सीबीआईले अस्पतालका वार्ड ब्वाई सहित ७ जनालाई पक्राउ गरेको छ । जसमा धेरै महिलाहरु परेका छन् ।

    सीबीआई स्रोतका अनुसार आरोपीहरूलाई एनसीआर क्षेत्रबाट पक्राउ गरिएको हो। यी मानिसहरू अस्पतालबाट नवजात शिशुहरू चोर्ने गर्थे। त्यसपछि कालोबजारीमा सामानजस्तै कारोबार भयो । बच्चाका लागि करिब ४ देखि ५ लाख रुपैयाँमा सम्झौता हुन्थ्यो । मार्चमा मात्रै करिब १० बालबालिका बेचिएका छन् ।

    खोजी कार्यका क्रममा साढे पाँच लाख नगद र धेरै कागजपत्र लगायत आपत्तिजनक वस्तु बरामद भएको छ । सीबीआईले धेरै राज्यहरूमा बाल बेचबिखनको अनुसन्धान गरिरहेको छ। देशका धेरै ठूला अस्पताल बाल बेचबिखनको चपेटामा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार