काठमाडौँ । भारतीय नेशनल कांग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट चुनाव लडेका थिए ।
अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट भएको छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ ।
राहुल गान्धीको चुनावी शपथपत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले सम्पत्ति विवरण समेत सार्वजनिक भएको छ ।
राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताएका छन् । राहुल गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड भारुरुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन् । हलफनामामा राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए ।
शपथपत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ । त्यस्तै राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन् ।
यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गरेका छन् ।
हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बिमा जम्मा गरेका छन् । उनीसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन् । यसरी राहुल गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ ।
हलफनामाका अनुसार राहुल गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ । राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा सेयर छ । प्रतिज्ञापत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ ।
यस बाहेक राहुल गान्धीको नाममा गुरुग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ ।
हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताए । त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे भने उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताएका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend