काठमाडौं । सशस्त्र प्रहरी बलले सिरहामा चोरी तस्करी नियन्त्रणका लागि निगरानी बढाएपछि फागुन महिनामा भन्सारले राखेको लक्ष्यभन्दा २२ प्रतिशत राजस्व बृद्धि भएको छ ।
कार्तिकयता सशस्त्र प्रहरी बल सिरहाले ४ करोड १३ लाख ९७ हजार ५ सय २३ रुपैयाँ बराबरको लताकपडा, किराना समान, हार्डवेयर, इलेक्ट्रोनिक्स, मदिरा, तथा नगद बरामद गरी भन्सार दाखिला गरेको ७ नम्बर गण सिरहाका एसपी शिव गैरे बताउँछन् ।
सशस्त्र प्रहरी सिरहाले कात्तिकयता लत्ताकपडा ९४ लाख ५८ हजार ९८ रुपैयाँँको बरामद गरेको छ । किराना सामान ९७ लाख ३१ हजार ४ सय ८४ रुपैयाँँको र हार्डवेयर ९ लाख १७ हजार ६ सय २२ रुपैयाँँ बराबरको बरामद गरेको छ ।
त्यसैगरी ५ लाख ५६ हजार ७सय ६७ रुपैयाँँको ईलेक्ट्रोनिक्स सामान र औषधि १ लाख ६२ हजार ४ सय ३८ रुपैयाँँको बरामद गरेको छ । मदिरा ४ लाख ७० हजार ७ सय ४५ रुपैयाँँ र पटाखा १ लाख ९३ हजार २ सय ७९ रुपैयाँँको बरामद भएको छ ।
पशु चौपाया १ लाख १४ हजार २ सय ५० रुपैयाँँ, सवारीसाधन १ करोड ६३ लाख ३५ हजार रुपैयाँँ, नगद २५ लाख ५७ हजार ८ सय ४० रुपैयाँँ बराबरको बरामद गरेको छ ।
भारतसँग जोडिएको ४६ किलोमिटर सिमा नाकामा सशस्त्र प्रहरी बलका २ वटा प्रस्तावित गुल्म र ५ वटा बिओपी रहेका छन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend