भक्तपुर । प्रहरीले सोमबार राति चाँगुनारायणको एक रेष्टुरेन्टबाट २२ जुवाडेलाई पक्राउ गरेको छ ।
चाँगुनारायणको त्रिशुलडाँडास्थित रुद्राक्ष रेष्टुरेन्टमा दीपेन्द्र थापा क्षेत्री र रामेश्वरले जुवा खेलाएको सूचनाका आधारमा पुगेको प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको देखाएको छ । तर कौडासहितकै जुवा र तासको छुट्टाछट्टै खाल संचालन गरिएको र रकम १२ लाख भन्दा धेरै भए पनि प्रहरीले त्यतिमात्र देखाएको स्रोतको दाबी छ ।
प्रहरीले सोमबार राति पक्राउ गरेका जुवाडेहरु पक्राउको घटना मंगलबार अपराह्नसम्म पनि सार्वजनिक गरेको छैन । उक्त जुवा अखाडामा उहाइप्रोफाइल जुवाडे पनि रहेको बताइएको छ । तर जुवाडेको नामावली भने प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।
भक्तपुरका एसपी बेद बिष्टलाई समेत गुमराहमा राखी तल तल सेटिङ गरेर भक्तपुरका जगाते, नंखेलदेखि चाँगुनारायणका रेष्टुरेन्टहरुमा जुवा अखाडा संचालन हुँदैआएको छ । ती रेष्टुरेन्टहरुमा तल तलका प्रहरीलाई सेटिङ मिलाएर जुवा अखाडा संचालन हुने गरेको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend