Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनलाइनमार्फत् ठगी गर्ने तीन चिनियाँ पक्राउ


    आइतबार, चैत्र १८ २०८०
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।

    उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।

    उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार