Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरातसँग खेल्दै


    आइतबार, चैत्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै छ ।

    आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदै छ ।

    भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

    नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

    भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार