Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मन्त्रीसँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ


    शनिबार, चैत्र १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सञ्जय मिश्रा 

    रौतहट । देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैयाँ ठगी गर्दैआएका गौरका एक युवक पक्राउ परेका छन् ।

    त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवनकुमार सोनी पक्राउ परेका हुन्। बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपीसँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

    सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

    सोनीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार