माधव पौडेल
काठमाडौं । राजनीतिमा होमिएको ७ महिनामा २०७९ पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका रवि लामिछानेमा पहिलो पटक शासनमा पुग्दा जुन चर्को क्रान्तिकारीपन थियो, १३ महिनापछि पुनः त्यही पदमा आएपछि उनी लचिला र ब्यवहारिक देखिएका छन् ।
पहिलो पटक गृहमन्त्री हुँदा उनले क्षेत्राधिकार नै मिचेर अरु मन्त्रालय अन्तर्गतका जनसम्पर्क हुने कार्यालयमा पनि आफैं पुग्थे । बिचौलियाहरुलाई निमिट्यान्न पार्ने अभिब्यक्ति दिएर चर्चामा आएका थिए । प्रहरीका सरुवा बढुवामा राजनीतिक हस्तक्षेपलाई ठाडै इन्कार गर्ने भाषणमात्र गरेनन्, ठूलो हल्लाखल्लाका साथ राज्यको सुविधा खाएर हाकिम र नेताहरुका घर घरमा काम गर्ने प्रहरी फिर्ता गर्न निर्देशन दिए । भलै त्यो निर्देशन १५ प्रतिशत मात्र कार्यान्वयन भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै अप्ठेरो पर्नेगरी सस्तो लोकप्रियतामा रमाउन थालेका लामिछाने सर्वोच्च अदालतबाट नागरिकता खारेज र पुनः प्राप्ती गर्नुपर्ने आदेश आएपछि पदमुक्त भएका थिए ।
दोस्रो पटक २०८० फागुन २१ मा लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा रिक्त ८ एसपी बढुवा र सशस्त्र प्रहरीमा एक डीआईजी बढुवा सिफारिस भएका छन् । यी दुवै संगठनमा भएएका बढुवाबाट उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पैंठेजोरी खेलेर क्षणिक लोकप्रियतामा रमाउने भन्दा पनि सम्हालिएर अगाडि बढ्न चाहेको संकेत गरेका छन् ।
बुधबार राति भएको नेपाल प्रहरीको ८ डीएसपीलाई एसपी बढुवा सिफारिसमा बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका प्रदीपकुमार क्षेत्रीलाई छुटाएर १२ औं नम्बरमा रहेका विनोद घिमिरेलाई गरेपछि गृहमन्त्री लामिछानेको आलोचना भएको छ । एसपी बढुवामा बरिष्ठता र कार्यक्षमतालाई भन्दा नेताका पीएसओ बसेकाहरु पहुँचका आधारमा बढुवा भएको टिप्पणी भइरहेको छ । विनोद घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्व पीएसओ हुन् भने सन्तोष तामाङ र राजन लिम्बु पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ हुन् ।
बिहीबार सशस्त्र प्रहरीको डीआईजी बढुवामा एसएसपी दीपक अधिकारी सिफारिस भएका छन् । सशस्त्रमा डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी अधिकारी पाँच प्रतिस्पर्धीमा अब्बल नै हुन् । तर बरिष्ठताका आधारमा डीआईजीका दाबेदार एसएसपी कृष्ण पाठक थिए । गृहमन्त्री भएपछि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दा प्रहरीका सरुवा बढुवामा राजनीतिक हस्तक्षेप हुन नदिने आश्वासन दिएको १५ दिनमै एसपी बढुवामा बरिष्ठ डीएसपीहरुमाथि अन्याय गरिएको छ ।
विगतमा भावनामा बगेर स्टन्टमा रमाएका रवि पछिल्लो पटक गृहमन्त्री भएपछि ब्यवहारिक र लचिलो देखिएका यी दुई दृष्टान्त हुन् । राजनीतिक सन्तुलन मिलाएर उनी सत्तामा टिकिरहन प्रधानमन्त्रीसँग सम्झौता गर्न तयार देखिएका छन् ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend