Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुप्तचरमा माओवादीकरण : एसपी बढुवामा जालझेल


    बिहिबार, भाद्र १४ २०८०
    5.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागमा सरुवा–बढुवामा चरम बेथिती मौलाएको छ। माओवादी निकट अधिकृतहरूलाई काखी च्यापेर व्यवसायिक अधिकृतमाथि अन्याय हुन थालेको छ । सोमबार भएको उप–अनुसन्धान निर्देशक (एसपी) बढुवाले संगठनमा नेतृत्वविरुद्ध चरम आक्रोश र निराशा बढेको छ ।

    दुई दर्जन सिनियर अधिकृतलाई पन्छाएर माओवादी नेताहरूको दबाबमा जुनियरलाई बढुवा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सात जना डिएसपीको एसपीमा बढुवा गरेका थिए । जसमा सुशिल महत, गणेशप्रसाद आचार्य, सुवास कार्की, तुलसी कट्टेल, कुमार बुढाथोकी, ओमबहादुर खड्का र हेमन्त कार्की छन् ।

    उनीहरुमध्ये हेमन्त कार्की माओवादीकै कारण बढुवा भएका हुन् । उनी २०७५ मा डिएसपी भएका हुन् । उनीभन्दा साढे दुई वर्ष सिनियर ब्याचका अधिकारीहरु भने बढुवामा छुटेका छन् । उनकै चलखेलका कारण बढुवा रोकिदै आएको थियो ।

    प्रचण्डका विश्वासपात्र मानिएका गुप्तचर प्रमुख हुतराज थापाले दबाब थेग्न नसकी यसरी ब्याच नै मिचेर माओवादी निकटलाई बढुवा गर्न थालेपछि संगठनभित्र चरम आक्रोश र निराशा बढेका छन् । कतिपय व्यवसायिक अधिकृतले राजीनामा समेत दिने तयारी गरेका छन् । विगतमा एउटै ब्याचभित्र तलमाथि भएपनि यसरी ब्याच नै मिचेर बढुवा भएको थिएन ।

    हालैको सरुवामा पनि व्यापक राजनीतिकरण भएको थियो । एउटै व्यक्तिलाई दोस्रोपटक एउटै कार्यालयमा इन्चार्जमा पठाइएको छ । गुप्तचर प्रमुख थापा निकट टेकराज तिमल्सिनालाई दोस्रो पटक भक्तपुर पठाइएको छ । ललितपुमा पनि एसएसपी भूमी पाठकलाई दोस्रो पटक पठाइएको थियो ।

    सरुवामा यस्तो चरम बेथिती विगतमा थाहा नभएको अधिकारीहरू बताउँछन् । हाल विभाग प्रत्यक्ष प्रधानमन्त्री मातहत रहेकाले प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरुले चलखेलका आधारमा सरुवा–बढुवा गरी संगठनलाई कमजोर बनाएको विषय उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार