काठमाडौं । लामो समयपछि भएको एसपी बढुवा विवादमा परेको छ । गृहमन्त्रालयको पदभार सम्हालेपछि प्रहरी मुख्यालयको निरीक्षणमा जाँदा सरुवा बढुवामा नेताका घर धाउनु नपर्ने गरी सुधार गर्छु भनेर भाषण गरेका गृहमन्त्री लामिछानेको बोली र ब्यवहारमा फरक देखिएको छ । नेपाल प्रहरीले बुधबार राति निकालेको ८ एसपीको बढुवा सिफारिसमा बरिष्ठहरुलाई छुटाएर नेता र शासकका पीएसओहरुलाई परेका छन् ।
डीएसपीबाट एसपी बढुवा सिफारिसमा पहिलो वरियताका प्रदीप क्षेत्री परेनन् । त्यसैगरी बरिष्ठताका आधारमा बढुवा सिफारिसमा पर्नुपर्ने नारायण रंजितकार, अनन्त शर्मा र एकनाराण कोइराला पनि छुटाइएका छन् । तर १२ औं नम्बरका विनोद शर्मा बढुवा सिफारिस भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्व पीएसओ हुन् । उनकै कारण डीएसपीबाट एसपी बढुवामा बिलम्ब हुँदैआएको थियो ।
एसपी बढुवा सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ बसेका सन्तोष तामाङ र राजन लिम्बु पनि परेका छन् ।
६ महिनाअघि हुनुपर्ने एसपी बढुवा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा नै गर्नुपर्नेमा सुशान कमाचार्यले लिलाम बढाबढ गर्नाले बिलम्ब भई सत्ता समीकरण फेरिएपछि भएको थियो ।
रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरी मुख्यालयमा बोले अनुसार नै निष्पक्षतापूर्वक बढुवा गर्ने अपेक्षा गरेकाहरु एसपी बढुवा देखेर उनी पनि कानै चिरेका …रहेछन् भन्ने टिप्पणी गर्न थालेका छन् । विगतमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा ४६ इन्स्पेक्टरलाई डीएसपी बढुवा गर्दा १० औं नम्बरभित्रका बरिष्ठ र काबिललाई नगरी सय भन्दा पछिल्लो वरियताकालाई चलखेलमा गरिएको आरोप लागेको थियो ।
अहिलेको एसपी बढुवामा पनि सुधारका चर्का कुरा गर्ने गृहमन्त्रीले न्याय दिलाउन नसकेको अनुभूति प्रहरीमा गरिएको छ ।
बुधबार राति बढुवा समितिले ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलीया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा सिफारिस गरेको हो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend