काबुल । अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।
तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिनेछ ।
उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ।
एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिदैँ इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ ।’
अखुन्दजादाले भने, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूका राय विरुद्ध छन्। पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौं र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौं ।’
तालिबान नेताले अगाडी यो पनि भने कि, ‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौं। हामी अफगानिस्तानमा शरिया फिर्ता गर्नेछौं।’
अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाइ विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।
अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend