काठमाडौं । सर्वोच्च अदालतमा २ न्यायाधीश पद रिक्त भएका छन् । गएको मंसिर ५ मा ७ न्यायाधीश रिक्त भएकोमा ६ जनामात्र नियुक्ति भएका थिए । एक पद खाली राखिएको थियो ।
२३, फागुन २०८० मा न्यायाधीश इश्वर खतिवडा अवकाश भएसँगै सर्वोच्च अदालतमा २ न्यायाधीश पद रिक्त हुन पुगेका छन् । आगामी बैशाख २३ गते न्यायाधीश सुष्मालता माथेमा पनि अवकाश हुँदैछिन् । उनी अवकाशको १ महिनाअघि नै चैत २३ मा बिदामा बस्ने संभावना पनि छ । यदि उनी बिदामा बसेमा न्यायपरिषदललाई ३ वटै न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने मार्गप्रशस्त खुल्नेछ ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशका साथै कानुन ब्यवसायीहरुलाई पनि ल्याइन्छ । यसअघि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा ल्याइएका थिए । कानुन ब्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई ल्याइएको थियो । त्यतिबेला महान्यायाधीवक्ता दीनमणि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउनकै लागि एक पद रिक्त राखिएको चर्चा भए पनि अहिलेसम्म नियुक्ति हुन सकेको छैन ।
मुख्य न्यायाधीश भएको ३ बर्षसम्म पनि नृपध्वज निरौला सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पर्न सकेका छैनन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलाले न्यायपरिषदको सचिव हुँदा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाशको डेढ महिनाअघि नै अवकाशपत्र थमाएका थिए । त्यही कारण पनि उनलाई न्यायाधीश नियुक्ति हुन नदिएको चर्चा पनि हुँदैआएको छ । टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीलगायतलाई उच्च अदालतको मुख्य न्यायाधीशबाटै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरियो, तर निरौलालाई मुख्य न्यायाधीश भएको ३ बर्षसम्म पनि सर्वोच्चमा आउन दिइएको छैन ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्ना भान्जीज्वाईँ नाता पर्ने नहकुल सुवेदीलाई न्यायपरिषदको सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिष्टार, उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनाए । शक्तिको आडमा फाष्टट्रयाकमा सुवेदीलाई ल्याइएको थियो । ‘अब हुने न्यायाधीश नियुक्ति सिफारिसमा पनि महान्यायाधीवक्ता पोखरेल र कानुन ब्यवसायीबाट ल्याएमा निरौलामाथि घोर अन्याय हुनेछ’– एक कानुन ब्यवसायीले भने ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend