Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा ग्याङ फाइट, दुईजनाको मृत्यु


    सोमबार, चैत्र १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फागुपूर्णिमा मनाउने क्रममा ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार राति ढोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई ढोलाहिटी बस्ने २८ बर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

    ग्याङ फाइटपछि दुई जनाको मृत्यु भइसकेपछि मात्र प्रहरीले खबर पाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार