Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मस्कोमा आतंकबादी हमला, मृत्यु हुनेको संख्या ६० पुग्यो


    शनिबार, चैत्र १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मस्को । मस्कोमा भइरहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ ।

    संघीय सुरक्षा सेवाका अनुसार क्रोकस सिटी हलमा अन्य १०० भन्दा बढी घाइते भएका छन् । उनीहरूकाे नजिककाे अस्पतालमा उपचार भइरहेकाे छ ।

    साे घटनाकाे जिम्मेवारी मुस्लिम आतंकवादी समुह इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । तर, रुसले भने यसमा अझै कुनै टिप्पणी गरेको छैन् ।

    आतंकवादी हमलापछि कन्सर्ट भइरहेकाे साे कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रुसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको अझै पनि खोजी गरिरहेका छन्

    ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार