सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन बाँकी रहेको बताए। ‘अस्पतालहरुमा प्रहरी पुगेर घाइतेको विवरण लिइरहेकाले संख्या खुल्न बाँकी नै छ,’ इन्स्पेक्टर केसीले भने, ‘ट्रकका चालकबाहेक अन्य घाइतेको अवस्था सामान्य नै छ।’
इन्सपेक्टर केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ। गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए।
उनले सुरुमा घाइतेहरूको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार आज साँझ साँढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस आपसमा ठोक्किँएर दुर्घटनामा परेको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताए।
दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend