Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खैरो हिरोइनसहित चार जना पक्राउ


    मंगलबार, चैत्र ६ २०८०
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज  । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो ।

    पक्राउ परेकी बिकको साथबाट लागूऔाषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस्तै वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने बिजय साहलाई पनि खैरो हिरोइनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

    पक्राउ परेका चारैजनालाई लागूऔषध समबन्धि कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार