Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • बाँसबारी जग्गा प्रकरणः सांसद बिनोद चौधरीको बयान लिंदै सीआईबी


    आइतबार, चैत्र ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । । बाँसबारीको जग्गा सरकारका नाममा फिर्ता ल्याउनका लागि गृहमन्त्री रवि लामिछाने लागेका छन् । उनको निर्देशन अनुसार गृह मन्त्रालयले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बाँसबारीको जग्गा हिनामिनामा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई पनि अनुसन्धानको दायरामा ल्याउने भएको छ ।

    सीआईबीले चौधरीसँग बयान लिन लागेको स्रोतले बताएको छ । उनलाई बयानका लागि सीआईबीले बोलाउने भएको छ । यसअघि विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिए पनि त्यतिबेलाको सत्तारुढ दल नेपाली कांग्रेस मार्फत् बिनोद चौधरीले चर्को दबाब दिएर छोडिएको थियो ।

    सीआईबीको अनुसन्धान नै प्रभावमा पारेका चौधरीले गैरकानुनीरुपमा अतिक्रमण गरेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता दिनुको साटो उल्टै अदालतमा मुद्दा हालेर चुनौती दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार