Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • धारिलो हतियार प्रहार गरि १५ बर्षीया बालिकाको हत्या


    मंगलबार, फाल्गुन २२ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ  । मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा एक युवतिको हतया भएको छ ।

    सोमबार राति करिव १० बजे १५ बर्षिय युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।

    आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

    राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए ।

    मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ।

    समाचार तयार पार्दासम्म घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्ने हुन सक्ने भएकोले शव नछोइकन घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिए । घट्ना, कस्ले र किन घटाएका खोजि सुरु भएको प्रहरीले जनाएकको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार