बागलुङ । अर्थमन्त्री प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने उल्लेख गरेका छन् । उनले भ्याट छल्ने अवस्था आउनै नदिने गरी काम गर्ने बताए ।
बागलुङस्थित आन्तरिक राजश्व कार्यालय अनुगमनमा आएका मन्त्री महतले जनताले तिरेको भ्याट छलेर खानेलाई जुनसुकै हालतमा कारबाही गर्ने जनाएका हुन् । लक्षभन्दा कम राजश्व संकलन भइरहेको कार्यालयको तथ्यांक बुझे पनि उनले उक्त धारणा राखेका हुन् ।
जानाजान कर नतिरेका, भ्याट छलेका घटनाले लक्ष्य पुग्न कठिन भएको उनको भनाइ थियो । ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारबााही हुन्छ ।’ उनले लक्ष्यअनुसार राजश्व संकलनमा भ्याट छलीगर्ने प्रवृत्ति हावी हुन नदिने समेत बताए ।
उनले लक्ष्यबढी कर संकलन गरेर राज्यको आयश्रोत बढाउने र विकासका योजनामा लगानी गर्ने बताए । उनले पर्यटन प्रवर्द्धन, कृषि उपज उत्पादन जस्ता क्षेत्रमा लगानी गरेर दिगो श्रोतको सुनिश्चित गरिने बताए । ‘यस अघिको सरकारले सिर्जना गरेका दायित्व तिर्दा सरकारको बजेट अभाव भएको छ, त्यसैले धेरै योजना कटौती भएका छन्,’ उनले भने, ‘हामीले योजना काटेका होइनौं, महत्वकांक्षी योजना घोषणा गरिएकोले यो समस्या आएको हो ।’ बैंकको व्याजदर घटेकोले ऋण प्रवाह, ब्याज आम्दानी तथा उत्पादन बढ्ने उनले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा घोषणा भएका आधारभूत अस्पताल, सडकलगायतको क्षेत्रमा हचुवाका कार्यक्रम राखिएकोले वर्तमान सरकार दायित्वको भारीमा परेको उनको टिप्पणी थियो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend