Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ


    बिहिबार, फाल्गुन १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक वृद्धलाई पक्राउ गरेको छ ।

    जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार