कैलाली । सशस्त्र प्रहरीले कैलालीमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले हिजो बुधबार मात्र करीब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई पक्राउ गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले जानकारी दिए ।
उनकाअनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपिबाट १८ लाख ५६ हजार रुपैयाँ बरावरको अवैध सामान बरामद गरि कारवाहीका लागि भन्सार बुझाइएको छ ।
यस्तै एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend