काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । सिआइबीले न्यौपानेसहित १० जनालाई पनि पक्राउ गरेको छ । उनीहरुलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको स्रोतले बतायो ।
उक्त विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने,सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम, सविन घिमिरे,सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान,सुनिल बस्नेत,मनोज न्यौपाने,दिलीप बराल,दिपेश प्रधान,राजेश भण्डारी,रमण श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।
सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआइबी स्रोतका अनुसार उनीहरुलाई देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा पक्राउ गरिएको हो ।
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो। त्यस बेला बैंकले पर्याप्त धितो नलिइ देउराली सहकारीलाई करिब दुई अर्ब रुपैयाँ ऋण दिएको थियो।
सेञ्चुरी बैंकले पूजा मार्केटिङ प्रालिको नाममा ऋण दिएको थियो। त्यसको सञ्चालक र जमानीकर्ता रवीन्द्र चौलागाई हुन्। यस्तै, पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रालिका नाममा पनि ऋण चलाइएको छ। यसको सञ्चालक रवीन्द्रकी श्रीमती पूजा खत्री हुन्।
देउराली सहकारीमा अत्यधिक ऋण प्रवाह भएको पाइएपछि केन्द्रीय बैंकले थप अनुसन्धानका लागि सिईआबीलाई अनुरोध गरेको थियो । प्रभुले त्यस्ता ऋण उठाउन पटक पटक ताकेता गरेपनि उठाउन सकिरहेको छैन ।
ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा अहिले समस्यामा परेको छ । यसका अध्यक्ष चौलागाई भने आफै पनि थुनामा छन् ।
सेञ्चुरी कमर्सियल बैंकले सञ्चालक पूजा र राजेन्द्र खत्री रहेको श्री ब्रदर्श मार्केटिङ प्रा.लिका नाममा पनि ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयीभन्दा बढी अपचलन गरेको आरोपमा प्रहरीले रवीन्द्रलाई पक्राउ गरेको छ ।
चौलागाईले १० वटा कम्पनीबाट बैंकहरुको ४ अर्ब र सहकारीको ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सहकारी सञ्चालकहरुलाई दिएको ऋण डुबेको बिषयलाई सीआईबीले हेर्न थालेको छ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend