Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोदावरीबाट दुई जना फरार प्रतिवादी पक्राउ


    आइतबार, फाल्गुन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका छन्। लागूऔषध र बैँकिङ् मुद्दा मा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्।

    लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय संजय सुनार पक्राउ परेका छन्। यस्तै बैँकिङ् कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन्।

    रावतलाई अदालतले बैँकिङ् मुद्धामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो। उनी सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार