काठमाडौं । नेकपा माअाेवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन् ।
पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले बताए ।
उक्त घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका– ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको छ । बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जनाएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीको भनाई छ ।
गत २२ कातिकमा बर्तौलालाई काठमाडौंको आईप्लेक्स मल नजिकै उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend