Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ९८ जना डिस्चार्ज


    सोमबार, कार्तिक २४ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म १ लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै १ हजार ७ सय ९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार