काठमाडौं । राजस्व अनुसन्धान विभागको नेतृत्व अहिले असुलीधन्दामा ब्यस्त रहेको छ । बिभागका महानिर्देशक नवराज ढुंगाना नयाँबर्षसँगसँगै सरुवा हुने चर्चाबीच असुलीधन्दामा लिप्त हुन थालेका छन् ।
विभागले राजस्व चुहावट र तस्करी नियन्त्रण कुनै उल्लेखनीय काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला ढुंगानाले जसरी हुन्छ कमाउधन्दालाई अभियानकै रुपमा अगाडि बढाएका छन् । स्रोतका अनुसार महानिर्देशक ढुंगाना नै असुलीधन्दामा अग्रसर भएको थाहा पाएपछि मातहतका कार्यालयका प्रमुखहरुले त्यही सिको गरेका कारण पछिल्ला दिनमा देशभर तस्करी बढेको छ ।
इटहरी कार्यालयका प्रमुख खेमराज ओझा, पथलैयाका प्रेमप्रसाद देवकोटा, बुटवलका पशुपतिबाबु पुरी र कोहलपुरका तीर्थराज खनालले पनि ढुंगाना पथ अंगिकार गर्दै तस्कर र ब्यापारीसँग लेनदेनमै सेटल गर्न थालेका छन् ।
मातहतका कार्यालयमा तस्करीको सामान लोड भएका गाडी बरामद गरेको सूचना पाउनासाथ महानिर्देशक ढुंगानाले केन्द्रमा पठाउन आदेश दिने र मोटो रकम असुली कारबाही नै नगरी गाडी र सामान छाड्ने गरेका छन् । रिस्क मोलेर बरामद गरेको सामान र गाडी महानिर्देशकले विनाकारबाही छाडेपछि मातहतका कार्यालयका प्रमुखहरु तस्करहरुसँग सामान बरामद होइन, सेटिङ गर्न तल्लीन छन् ।
देशका ठूला उद्योगी र ब्यवसायीहरुलाई विभिन्न नाममा छापा मार्ने, तर्साउने र ठूलो रकम बार्गेनिङ गर्नमै ढुंगाना ब्यस्त छन् । केही महिनाअघि बिशाल ग्रुपका खातापाता चेक गर्ने र छापा मार्ने कार्य गरेको विभागले ठूलै रकम लेनदेनमा केस सेटलमेन्ट गरेको आरोप छ । मातहतका कार्यालयका प्रमुखहरु विभिन्न शक्तिकेन्द्रमार्फत् सरुवा भएकाले उनीहरुमार्फत् लाभ नहुने देखेका महानिर्देशक ढ्ुंगानाले विभागका उनका विश्वासपात्र राजस्व अधिकृत मानप्रसाद विकेलाई केही दिनअघि नेपालगंज पठाएर बिभिन्न ब्यवसायिक फर्ममा छापा हान्न लगाए । केही ब्यापारीका खातापातासमेत जफत गरियो । महानिर्देशक ढुंगानाका दूत विकेले सेटिङमा आउनेको खातापाता फिर्ता दिए । नआउनेको विभागमै ल्याएर छानबिन सुरु गरेका छन् ।
६ महिनाअघि एक उपसचिवलाई पोखरा पठाएर विभिन्न नाइट क्लव र ब्यापारीक प्रतिष्ठानमा छापा हानी सेटिङ मिलाएर करोडौं असुली गरी फर्किएका थिए । अधिकृत विक भने भैरहवा भन्सारदेखि राजस्व अनुसन्धान कार्यालयमा तर मार्नेमा पर्दछन् । उनी रोल्पाका हुन् । माओवादी निकट महानिर्देशक ढुंगानाका विके विश्वासपात्र हुन् । उनका बिरुद्ध अख्तियारले अकूत सम्पत्तिमा मुद्दा चलाए पनि विशेष अदालतमा सेटिङ गरी सफाइ पाएपछि उनी राजस्व अनुसन्धानमा सरुवा मिलाएर करोडौं करोड कमाउन तल्लीन छन् ।
६० किलो सुन बरामद गरेर जीवन चलाउनेदेखि वाल्डो क्यासिनोका संचालकले नयाँबजारमा लुकाएको सयौं किलो सुन गायब गराउने समय दिएका ढुंगाना पछिल्लो समयमा कमाउधन्दामा लागेका हुन् । राजनीतिक शक्तिकेन्द्रको आडमा सरुवा भएका मातहतका कार्यालय प्रमुखहरु पनि उनकै पथमा लागेका छन् ।
बिभाग अन्तर्गतका ४ वटै कार्यालय प्रमुखहरुले आफ्नो कार्यक्षेत्रका उद्योगी-ब्यापारीहरुलाई अकारण दुःख दिने नियतका साथ कम्तीमा पनि ३ लाख रुपैयाँ प्रत्येकसँग माग गरेपछि ब्यवसायीहरु आतंकित छन् । आर्थिक मन्दीको मारमा परेका ब्यापारीलाई राजस्वले थप आहत पार्ने काम गरेको गुनासो छ ।
राजस्व अनुसन्धान विभाग राजस्व चुहावट र भन्सारछली नियन्त्रणका लागि स्थापना भएको हो । तर विभागमा पछिल्ला दिनमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ । महानिर्देशक र निर्देशकहरु मातहतका कार्यालयका प्रमुख राजनीतिक भागबण्डाका आधारमा सरुवा हुने प्रचलनले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दा पनि कसरी हुन्छ आर्थिक उपार्जन गर्ने माध्यम बनाइएको छ ।
राजस्व अनुसन्धान विभागमा कर्मचारी खटनपटन सत्ता गठबन्धनको भागबण्डामा हुने गरेको छ । महानिर्देशक ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीए र घर पनि कास्कीको एउटै गाउँ भएकाले उनी माओवादी निकट भएको कुरामा आशंका गरिरहनुपरेन ।
मातहतका कार्यालय प्रमुखहरु इटहरीका खेमराज ओझा कांग्रेसका क्याडर जस्तै मानिन्छन् । पथलैयाका देवकोटा पनि आफूलाई सक्कली कांग्रेसका रुपमा चिनाउँछन् । बुटवलका पुरी नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीका श्रीमान हुन् । झाँक्रीले प्रधानमन्त्री प्रचण्डसँग धाएरै उनलाई बुटवल राजस्वको प्रमुख बनाएकी हुन् । कोहलपुरका खनाल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका खास सहयोगी हुन् । शर्माले उनलाई दोहोर्याएर इटहरी राजस्वको प्रमुखमा पठाउन प्रधानमन्त्री प्रचण्डलाई भने पनि एक कार्यकाल काम गरिसकेकाले कोहलपुरमा पठाइदिएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend