Creative abstract business success, financial growth, banking, accounting and stock exchange trade market corporate concept: stack of shiny gold ingots, bars or bullions isolated on white background
काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबार बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको वृद्धि आएको हो ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।
Laxmi sunrise bank
यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । त्यसयता, सोमबार र मङ्गलवार स्थिर रहेको सुनको मूल्य बुधवार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ भएको थियो । बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १३ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend