Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • खैरो हेरोइनसहित कैलालीबाट २ जना पक्राउ


    शुक्रबार, फाल्गुन ११ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लागूऔषध खैरो हेरोईनसहित दुईजना कैलालीबाट पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना छन्।

    उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन् बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट बिहीबार बेलुका नियन्त्रणमा लिइएको हो।

    अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार