Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम र हिसिलाको दोस्रो कोरोना रिपोर्ट पनि पोजिटिभ


    आइतबार, कार्तिक २३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित पूर्वप्रधानमन्त्री एवम् जसपा अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ । 

    १४ दिनसम्म होम आइसोलेसनमा बसेका उनको दोस्रो परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

    पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए। 

    आज पनि उनले कोरोनाविरूद्ध लडाई केही लामै होला जस्तो अनुभूति भएको संकेत गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाईं केही लामै होला जस्तो पो छ त!’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार