काठमाडौं । बलात्कार मुद्दामा बार्सिलोनाका पूर्वखेलाडी तथा ब्राजिलियन फुटबलर ड्यानी आल्भेस दोषी ठहर भएका छन् । स्पेनको अदालतले आल्भेसलाई दोषी ठहर गरेको हो ।
बार्सिलोनाको एक नाइट क्लबमा एक महिलामाथि बलात्कार गरेको आरोपमा अदालतले आल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको जेल सजाय सुनाएको हो । विश्व फुटबलकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक आल्भेसमाथि सन् २०२२ को डिसेम्बर ३१ मा बलात्कारको आरोपसहित एक महिलाले उजुरी दर्ता गराएकी थिइन् ।
आल्भेसमाथि स्पेनको एक नाइटक्लबको भीआईपी सेक्सनको शौचालयमा महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । आल्भेसले महिलाको ‘अनिच्छा भए तत्काल प्रतिरोध गर्न सक्ने’ तर्क गरे पनि अदालतले महिलाको सहमति नभएको फैसला सुनाएको हो ।
एक विज्ञप्ति जारी गर्दै अदालतले पीडितको बयानबाहेक अन्य प्रमाणहरूले पनि आल्भेसलाई बलात्कारी प्रमाणित गर्ने जनाएको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend