एजेन्सी। एक युरोपेली अनुसन्धान संस्थाले पछिल्लो १३ महिनामा भारतले जी–७ गठबन्धन गठबन्धनमा निर्यात गरेको एक तिहाइ पेट्रोलियम रुसबाट आयात गरिएको कच्चा तेलको प्रशोधनबाट भएको बताएका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुले रुसबाट कच्चा तेल आयातमा विभिन्न प्रतिबन्ध लगाएका थिए तर भारतले युरोपमा रूसको तेल निर्यात गरेको जनाइएको छ ।
डिसेम्बर २०२२ मा यी देशहरूले रुसी कच्चा तेलको आयातको मूल्य दायरा पनि तय गरेका थिए। तर रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी पश्चिमा मुलुकमा निर्यात गरि अन्य मुलुकमा आयात गर्न प्रतिबन्ध लगाइएको छैन । भारतले पछिल्लो दुई वर्षमा रुसबाट ठूलो मात्रामा कच्चा तेल आयात गरेर युरोप र अष्ट्रेलियामा निर्यात गरेको हो ।
सस्तो दरमा रुसी कच्चा तेल प्राप्त गर्नाले भारतलाई आफ्नो आयात बिल घटाउन मद्दत गरेको छ। फिनल्याण्डस्थित अनुसन्धान संस्थान ‘सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर’ले एक प्रतिवेदनमा भारतले रुसबाट आयात हुने कच्चा तेललाई प्रशोधन गरी जी ७ देश, युरोपेली संघ र अष्ट्रेलियामा निर्यात गरिरहेको जनाएको हो ।
सिइआरएले भन्यो, ‘तेल मूल्य क्याप लगाएको १३ महिनामा यी देशहरूले रूसी कच्चा तेलबाट प्रशोधित पेट्रोलियम उत्पादनहरूको भारतीय निर्यातको एक तिहाइ हिस्सा ओगटेका छन्। भारतले रुसको सहयोगमा यी देशहरूमा ६ अर्ब ६५ करोड डलरको तेल निकासी गरेको छ । यस निर्यातको ठूलो हिस्सा जामनगरस्थित रिलायन्स रिफाइनरीबाट भएको छ ।’
टिप्पणीको लागि रिलायन्स इन्डस्ट्रिजलाई पठाइएको इमेलको कुनै प्रतिक्रिया आएको छैन। सिइआरए ले भन्यो, ‘भारतले रुसबाट ३.०४ बिलियन यूरोको कच्चा तेल आयात गरेको थियो र ती उत्पादनहरू रूसी तेलमा प्रतिबन्ध लगाएका देशहरूमा पठाउन थालेको थियो ।’
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend